
काठमाडौँ– नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेरआफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।
कार्यक्रममा, प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा थिइन। त्यस्तै कार्यक्रममा नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपाल का महावाणिज्य दुत प्रतिमा राणा पाण्डे लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तिरूको उपस्थित रहेको थियो।
कार्यक्रममा रेखा शर्माद्धारा “एनआईसीसीआई डाइरेक्टरी” को अनावरण भएको थियो। उक्त अवसरमा द्विपक्षीय व्यापार सम्बन्धको विकासमा योगदान गर्ने सम्मानित अतिथिहरु लाई कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो।
राजेश काजी श्रेष्ठ, प्रतिमा पाण्डे र मन्त्री रेखा शर्मा लगायत अन्य वक्ताहरूले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिहरू बारे छलफल गरेका थिए। उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्ने चेम्बरको अटुट प्रयासलाई जोड दिइएको थियो ।
यस कार्यक्रमले इटाली र नेपालबीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम सावित भएको एनआईसीसीआइले जनाएको छ।