काठमाडौँ– जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायुवित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच सम्झौता भएको छ।
बैंकले ‘डिजिटल फस्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरण मैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जनाएको छ।
बैंकका अनुसार उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंककोक्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको छ।
आइएफसी को ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आइएफसी द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘दक्षिण एसियामा उत्कृष्ट सञ्चालन बैंक २०२१’अवार्डबाट पनि सम्मानित भएको थियो।
यस्तै बैंकले केहि समय अघि मात्र पनि सिद्धार्थ बैंक र आइएफसी बीच नेपालका लघु, साना तथा मझौला उद्यमी हरुको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भईसकेको छ। जस अन्तर्गत आइएफसी ले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेकोछ ।