
काठमाडौँ –अब त्रिभुवन विश्वविद्यालयमा नेपाली र अंग्रेजी दुबै भाषाबाट प्रश्न आउने भएका छन्।
त्रिभुवन विश्वविद्यालय प्राजिक परिषद् स्थायी समितिको चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु नेपाली र अंग्रेजी दुबै भाषाबाट तयार पार्ने निर्णय गरेको हो।
प्रश्नहरु आउँदो प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरीने त्रिविले जनाएको छ।
यस्तै दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।