शेयर बजारकाे जोखिम र यसको प्रतिफल प्रभावबारे जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम

शेयर बजारकाे जोखिम र यसको प्रतिफल प्रभावबारे जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम
+
-

काठमाडौँ– नेपाल लाइफ क्यापिटलले शेयर बजारकाे जोखिम र यसको प्रतिफलको प्रभावबारे जानकारी गराउन वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो। “उज्वल भविष्यका लागि लगानी“ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपालगंज, कोहलपुर, धनगढी, महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम संञ्चालन गरिएको थियो।

शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको क्यापिटलले जनाएको छ।

विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो। कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएकाे क्यापिटलले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?