
काठमाडौँ– प्रहरीले १ लाख रुपैयाँका दरले ३ युवतीलाई भारतमा बेचेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेकोे हो।
बच्चलाई चैत ५ गते कपनबाट पक्राउ गरेको हो भने दावालाई चैत १६ गते टिकाथलीबाट पक्राउ परेको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए।
उनीहरुले आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका तीन युवतीलाई भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको पाइएको बोगटीले बताए ।
उनीहरुले २०६४ माघ ५ मा तीन जना युवतीहरुलाई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको शहिदनगर लगेर बेचेको आरोप छ।
उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा २०७८ फागुन १ मा फैसला भएको थियो। तीन वटा फरक–फरक मुद्दामा बच्चुलाई ३० वर्ष कैद र ३ लाख जरिवाना र दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।