
कास्की– कास्कीको भदौरेमा जिप दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ। पोखराबाट भदौरेतर्फ जादै गरेको ग १ ज ५५४७ नम्बरको जीप दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका–४ सल्लाघारीमा दुर्घटना भएको थियो। दुर्घटनामा परेर १२ जना घाइते भएका थिए।
घाइते पोखरा महानगरपालिका–२३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाले बताए। उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए।
चालकसहित घाइते १० जनाको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार भइरहेको छ। दिउँसो साढे ३ बजेको समयमा सडकबाट जीप भीरमा खसेको हो।