रोजगारीमा चाहिने सीप सिकाउने कार्यक्रम ‘स्किल वीक’काे पाँचौं संस्करण सुरु

रोजगारीमा चाहिने सीप सिकाउने कार्यक्रम ‘स्किल वीक’काे पाँचौं संस्करण सुरु
+
-

काठमाडौँ– ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण सुुरु भएको छ।

रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माण गर्नुु यो कार्यक्रमको उद्देश्य रहेको ग्लोबल प्राइभेट लिमिटेडका अध्यक्ष आशिस ठाकुुरले बताए। एक हप्ता सम्म चल्ने स्किल वीक कार्यक्रम आइतबारदेखि सुुरु भएको हो। यो कार्यक्रम आउँदो चैत २६गते सोमबारसम्म चल्ने छ।

कार्यक्रममा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने ठाकुुरको भनाइ छ।
ठाकुरका अनुसार कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम सञ्चालन गरिएको हो।

१५ देखि ३० वर्ष सम्मका किशोर– किशोरी तथा युवा युवतीहरुले सहभागीता जनाइ कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सक्नेछन्। कार्यक्रममा आवेदन निशुल्क हुनेछ। कार्यक्रमले युवाहरुले सिपका बिभिन्न किसिमका यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन।

कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र बिज्ञान र प्रबिधी रहेका छन् । कार्यक्रमका मुख्य बिशेषताहरु ( छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरन्जन रहेका छन्।

आइतबार देखि सुरु भएको कार्यक्रममा बिभिन्न संघसंस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ। अप्रिल ६ अर्थात चैत २४ गते किंग्स कलेजमा स्किल फेस्ट कार्यक्रम हुुनेछ।
यस वर्षको कार्यक्रममा चारवटा विषयमा आधारित रहेको छ। हरित इकोसिस्टम, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र Dual/VET अप्रेन्टिससिप रहेका छन।

यस बाहेक अप्रिल ७ अर्थात चैत २४ गते एक राउन्ड टेबल छलफल आयोजना हुने ठाकुुरले बताए। जहाँ सीप विकासलाई बढावा दिन “उद्योग – एकेडेमिया” बिचको अन्तरसम्बन्धका बारेमा छलफल हुनेछ ।
८ अप्रिल अर्थात चैत २६ गते समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक कार्यक्रम हुनेछ।
सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। जहाँ ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न सन्चालन गरिन्छ।
कार्यक्रमको नारा (Today Meets Tomorrow) रहेको छ ।
यस्तै स्किल वीक कार्यक्रमको महत्त्वपूर्ण पक्ष स्किल हिरो अवार्ड रहेको ठाकुरले बताए। ठाकुुरका अनुसार सान्दर्भिक र परिणाममुखी सीप विकासलाई लागू गरेर सीप विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गरी उत्कृष्टता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गर्न अवार्ड प्रदान गरिन्छ। सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ५ जना ब्यक्तित्वहरुलाई सम्मानित गरिनेछ ।

FNCCI र नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा स्किल सप्ताह कार्यक्रम गरिएको हो।
रणनीतिक साझेदारको रूपमा European Union, भारतीय दूतावास, UNHCR , स्विस एजेन्सी ENSSURE र काठमाडौं महानगरपालिका रहेका छन्। होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरूको रूपमा; पहल साझेदारको रूपमा सोल्टी काठमाडौं; गोल्छा ग्रुप द्वारा समर्थित; एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स; टेक पार्टनरको रूपमा नियो ; टिकटिङ पार्टनरको रूपमा खल्ती; ज्ञान साझेदारको रूपमा किंग्स कलेज, होटल संघ नेपाल र नाडा अटोमोबाइल संघ ; पि आर साझेदारको रूपमा प्रिज्मा विज्ञापन; आउटरिच पार्टनरको रूपमा ल्य No Next Question (NNQ) र डिजिटल मिडिया पार्टनरको रूपमा व्यास मिडिया नेटवर्क, डिश होम गो रहेका छन् ।
कार्यक्रमबारे थप जानकारीका लिन : skill.glocalafterschool.com मा जानुहाेस् ।

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?