
काठमाडौँ– आउँदो नयाँ वर्ष २०८१ को अवसरमा जि.डब्लु.एम.गाडीहरु किन्दा ५ लाख देखि १० लाख रुपैया सम्मको छुट पाइने भएको छ।
प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको जनाएको छ।
नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ।
जि.डब्लु.एमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउने संस्थाले जनाएको छ। ग्राहकले ओरा ०३ ईभी किन्दा ५ लाखसम्मको नगद छुट पाउने छन् भने फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा पाउने छन्। यस्तै फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन्। ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निशुल्क ७ किलोवाटको फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर पाउनेछन। त्यस्तै मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १ लाख ५० हजार किलोमीटर वारेन्टी लगायतका सुविधा लिन सक्ने छन।
हाभल एच् सिक्स, र जोलायनमा ८ लाख ५० हजार सम्मको नगद छुट पाउने छन भने एक वर्ष सम्मको बीमा पाउने छन। एक्सचेन्ज बोनस र फ्री एसेसरीज पनि पाउने छन्। ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव पनि पाउने प्रा.लिको भनाइ छ। प्रा.लिका अनुसार यी गाडीमा १ वर्ष सम्मको आकर्षक नगद छुट पनि पाउने छन्।
यस्तै पावरमा १० लाख सम्मको नगद छुट पाउने छन्। यसमा इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन्।
जि.डब्लु.एम कोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव लिन सकिने प्रा.लिको भनाइ छ। ग्राहकहरुले जि.डब्लु.एमको शोरूममा गई टेस्ट ड्रइभ गर्न सक्नेछन्। यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर सुरुवातको लागि विशेष रहेको छ।
जि.डब्लु.एम ले हाल नेपालमा हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ इभी, पावर र वीङ्गल सिक्स लगायत विभिन्न मोडलहरू सार्वजनिक गरेको छ ।
ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो। विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ।
चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा सफलतापूर्वक बिक्री गरिरहेको छ।