वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु  पक्राउ
+
-

काठमाडौँ–दुबई पठाइदिन्छु भन्दै झण्डै ३ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरीको मनहरा गाउँपालीका ८ घर भई हाल काठमाडौँको गौशाला बस्ने मोतीबाबु अन्सारीलाई प्रहरीले मंगलबार निज बस्ने स्थानबाट पक्राउ गरेको हो।

मोतीबाबुले विजयकुमार शाह नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबई पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै २ लाख ८० लाख रुपैयाँ लिई फरार भएका थिए।

मोतिबाबुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, मलेसिया पठाइदिन्छु भन्दै १ लाखभन्दा बढी रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

झापाको बाह्रदशी गाउपालिका ९ घर भई हाल काठमाडौको बुढानीलकण्ठ नगरपालिका ९ बस्ने ज्ञानवती ताजपुरियालाई प्रहरीले मंगलबार काठमाडौँको बुढानीलकन्ठ नगरपालिका १० कपनबाट पक्राउ गरेको हो।

ज्ञानवतीले भगवान महतो नाम गरेका एक जनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै १ लाख २५ हजार रुपैयाँ लिई फरार भएकी थिइन्।

ज्ञानवतीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?