इलाम २ उपनिर्वाचनः आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदै

इलाम २ उपनिर्वाचनः आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदै
+
-

झापा- इलाम २ बाट प्रतिनिधिसभा सदस्य चुन्न आगामी वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गतको मतदानका लागि शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ।

संविधानसभा अध्यक्ष तथा सांसद सुवास नेम्बाङको निधनपछि उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य पद रिक्त भएकाले वैशाख १५ का लागि मतदान हुने निर्वाचन आयोगले कार्यतालिका बनाएको छ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाम २ मा मनोनयन दर्ता हुँदैछ। एमालेबाट सुवास नेम्बाङका छोरा सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई र पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराउँदैछन्।

सुहाङलाई नेकपा माओवादी केन्द्रले पनि समर्थन गरेको छ। शुक्रबार जिल्ला कमिटीहरूका नेतृत्वले एक विज्ञप्ति जारी गर्दै सुहाङ एमाले र माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएको उल्लेख गरेका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सुहाङलाई सघाउने सहमति भएबमोजिम जिल्ला कमिटीका नेतृत्वले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

तर माओवादी केन्द्रको जिल्ला कमिटीले उम्मेदवारका लागि धिरेन्द्र शर्माको नाम सिफारिस गरेको थियो ।

उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत यस अघि नै तोकिसकेको छ ।

इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।

निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?