अर्जुनको शतकका बाबजुत नेपाल पराजित, आयरल्यान्ड ‘ए’ द्वारा सिरिज क्लिन स्विप

अर्जुनको शतकका बाबजुत नेपाल पराजित, आयरल्यान्ड ‘ए’ द्वारा सिरिज क्लिन स्विप
+
-

काठमाडाैँ – तीन खेलको एकदिवसीय सिरिज आयरल्यान्ड ‘ए’ ले क्लिन स्विप गरेको छ। तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्डले ६९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो। पहिले ब्याटिङ गर्दै आयरल्यान्डले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमै अलआउट हुँदै २ सय १५ रनमा समेटियो।

उच्च स्कोर पछ्याउने क्रममा नेपालका ओपनर अर्जुन कुमालले १ सय २ रनको शतकीय इनिङ खेले पनि टिमको हार टार्न भने पर्यारप्त रहेन। फेरि एकपटक मध्य र पछिल्लो क्रम चल्न सकेन। दोहोरो स्कोरका रुपमा अर्जुन साउदले ३६ रन बनाउँदा नरन भट्टले १५ र देव खनालले ११ रन बनाए।

त्यस्तै रुपेश सिंहल १५ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। स्कटल्यान्डका लागि बेन ह्वाइटले ५ विकेट लिंदा गाभिन होनीले ४ विकेट लिएका थिए। त्यस्तै म्याथ्यु फोस्टरको नाममा १ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ओपनर स्टेफेन डोहेनीले १ सय ७ रनको शतकीय इनिङ खेल्दा आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रनको उच्च स्कोर बनायो।

आयरल्यान्डले सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको थियो। उसका लागि थप दोहोरो स्कोरका रुपमा पिटर नुरले ४४ रन बनाउँदा मर्ऊन टोपिङ्गले २१ रन बनाए। त्यस्तै गाभिन होनीले १४ रन बनाउँदा फिओन हान्डले २० तथा म्याथ्यु हमफ्रेयसले २३ रन बनाए। बेन ह्वाइट १९ रनमा अविजित रहे।

नेपालका लागि रिजन ढकाल र रञ्जित कुमारले समान ३(३ विकेट लिएपनि टिमको हार टार्न भने सकेनन्। त्यस्तै विकाश आग्री र सहाव आलमले समान १–१ विकेट लिएका थिए। लगातार तीन खेलमा पराजित भएसँगै नेपालले सिरिज ३–० ले गुमायो।

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ टोलीले सिनियर टोलीसँग २ खेलको टी–२०सिरिज खेल्दा दुबै खेलमा पराजित भएको थियो। त्यसपछि नेपाल ‘ए’ सँग खेलेको तीन खेलको टी–२० सिरिज २–१ ले जित्दा तीन खेलको एकदिवसीय सिरिज भने ‘क्लिन स्विप’ गर्न सफल भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?