
मुगु – सधैँ पाठ्यपुस्तकको अभाव झेल्दै आएका मुगुका विधार्थीले यसचोटि भने समयमै पाठ्यपुस्तक पाउने भएका छन्।
शैक्षिक सत्र शुरु हुन एक हप्ता बाँकी रहँदै हप्ता दिनअगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछि यो चोटि मुगाली विधार्थीले पाठयपुस्तकसहित कक्षामा प्रवेश गर्ने भएका हुन्।
विगत वर्षहरुमा विद्यार्थीले बार्षिक परीक्षा आइसक्दा पनि पूरै विषयका पुस्तक नपाउँदा अधुरो पढाइमै परीक्षा दिँदै आएका थिए। जिल्लास्थित चार वटा स्थानीय तहमध्ये शुक्रबारसम्म छायानाथ रारा नगरपालिका ,सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पुस्तक विक्रेताले पाठय्पुस्तकहरु पालिका केन्द्रमा पुर्याइसकेका छन्।
छायानाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयका लागि पहिलो लटमा ४ हजार ५०० सेट पुस्तक जिल्लामा पुगेको पुस्तक विग्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपराइटर लक्ष्मी भामले बताए।
‘विग्रेताले ढिलो किताब उठाउँदा जनक शिक्षामा पूरै विषयका पुस्तक नपाउने र पाइए पनि अधुरा विषय पाइने गरेकाले यो चोटि समयमै पुस्तक ल्याउन ताकेता गरेका थियौँ र जनक शिक्षाले पनि प्रयाप्त पुस्तक समयमै छपाएको पाइयो अब विद्यार्थीले भर्नासङ्गै पुस्तक पाउनेछन्’, छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भने ।
उता जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सोरु गाउँपालिकामा पनि यो चोटि समयमै पुस्तक पुगेका छन्। ठूलो गाडीमा जिल्ला सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार साना गाडीमा लोड गरेर सोरु गाउँपालिका पुर्याइएको छ।
पालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल भन्नुहुन्छ यहाँ रहेका ३८ वटा सामुदायिक विद्यालयहरुका लागि पुस्तक विक्री गर्न जिम्मा लिएको शाही जनरल अडर एण्ड सप्लायर्सले ४ हजार ७ सय ७१ विद्यार्थीका लागि पुग्ने गरि सबै विषयका पुस्तक पालिकामा पुर्याइ सकेको छ २७ गतेबाट विद्यालयहरुलाइ विक्री वितरण शुरु गरिनेछ।
मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका १ हजार २०० विद्यार्थीका लागि पुस्तक विक्रेताको जिम्मा लिएको युके स्टेशनरीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझी गाडिमा हिडाइ सकेको र वुधबारसम्म पालिका केन्द्र पुलसम्म पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी बताए।
जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँ पालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि पुस्तक विक्रेताको जिम्मा लिएको एम भि इन्टरप्राइजेजले गत आइतवार नै पुस्तकहरु पुर्याइ विक्री वितरण शुरु गरिसकेको शिक्षा शाखा प्रमुख दान बहादुर बुढाले बताए।
शैक्षिक सत्र वैशाख १ गतेबाट शुरु हुन्छ १५ गतेसम्म विद्यालयमा भर्ना अभियान चल्छ चैत मै पुस्तक जिल्लामा पुगेकाले भर्नासङै विद्यार्थीहरुको हातहातमा पुस्तक पाउने भएका छन्। यो चोटि पुस्तक विनै विद्यार्थीले परीक्षा दिए। अपुरा पुस्तकले विद्यार्थीको अध्ययन अधुरो भन्ने जस्ता समाचार र विधाथी,अभिभावक र विद्यालयहरुका गुनासा सुनिने छैनन।
कक्षा १ देखि १० सम्मका विद्यार्थीले सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीहरुले अनिवार्य विषयका पुस्तक निशुल्क पाउने छन शिक्षा विकास तथा समन्वय इकाइ मुगुका निमित्त प्रमुख खड्कराज भियालले बताए। मुगु जिल्लामा १३९ वटा सामुदायिक विद्यालय छन्।