
पोखरा – गुरुङ फिल्म शिरसुवाले मुनाफाबाट विद्यालयलाई सहयोग गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुकको मेश्रम बराह माविलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेकोे हो।
गुरुङ संस्कृतिमा आधारित फिल्मको छायंकन नै पर्यटकीय गाउँ घान्द्रुकमा भएको थियो। घान्द्रुकको पर्यटन प्रबद्र्धनमा भूमिका खेलेको फिल्मबाट भएकोे मुनाफाले आइतबार मेश्रम बराह माविमा कक्षा ११/१२ सञ्चालनार्थ सहयोग हस्तानतरण गरेको छ।
ब्रेज मेश्रों फिल्म प्रोडक्सनको ब्यानरमा बनेको फिल्म काठमाडौं र पोखरामा प्रदर्शन भएको पोखरा प्रतिनिधि अमृत लामा गुरुङले बताए। त्यसपछि बेलायतमा प्रदर्शन भएको छ। बेलायतमा भएको प्रदर्शनबाट विद्यालयलाई सहयोग गरेको उनको भनाइ छ।
विद्यालयका अर्थ संकलन उपसमितिका संयोजक कमल गुरुङले फिल्मले गाउँको पब्रद्र्धनमा पनि सघाएको बताए। ‘शिरसुवा’ भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा निर्माण भएको दोस्रो गुरुङ फिल्म हो। यसअघि भ्रेज मेश्रो फिल्म प्रोडक्सनले पहिलो फिल्म ‘भे्र’ निर्माण गरेको थियो। ‘भे्र’ फिल्मको मुनाफाबाट घान्द्रुुकमा रोधीं क्लबको भवन निर्माणार्थ ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो।