कोशी सत्ता संकटः एमालेले पनि लियो सरकारबाट समर्थन फिर्ता

कोशी सत्ता संकटः एमालेले पनि लियो सरकारबाट समर्थन फिर्ता
+
-

झापा – नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।

केन्द्रमा गठबन्धन परिवर्तन भएर नयाँ समीकरण बनेसँगै कोशीमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

दुवै पार्टीका सांसदहरूको प्रतिनिधित्व गर्दै दुवै पार्टीका संसदीय दलका नेताहरूले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सोमबार भेटेका छन्।
संवैधानिक रुपमा अहिलेको सरकारबाट समर्थन फिर्ता लिन दलीय ह्वीप नलाग्ने भएकाले सांसदहरूले नै समर्थन फिर्ता लिनुपर्ने हुन्छ।

प्रदेश सभा सदस्य केदार कार्कीले नेकपा एमालेकै सहयोगमा मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए। गत असोज २७ गते नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए।

तत्कालीन सत्ता गठबन्धनले नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीले ८ सांसद लिएर विद्रोह गरेका थिए। त्यसबेला कार्कीको विद्रोहलाई एमालेले साथ दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?