कोशीमा नयाँ सत्ता समीकरणः एमालेका हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

कोशीमा नयाँ सत्ता समीकरणः एमालेका हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश
+
-

झापा- कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गरेका छन् ।

सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

सत्ताको नेतृत्व हिक्मत कार्कीले गर्ने माओवादी केन्द्रसँगको सहमति बमोजिम दाबी पेश गरिएको कार्कीले देशसञ्चारलाई बताए ।

उनले भने, ‘अहिलेको सरकारलाई सबभन्दा पहिला हामीले समर्थन दिएको हो । त्यो फिर्ता लियौं । त्यसपछि बहुमत सांसदको नेतृत्वको दाबीसहित मैले मुख्यमन्त्रीमा दाबी पेश गरेको छु ।’

उनले तत्काल प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्न पनि आग्रह गरिएको बताए । मुख्यमन्त्री कार्कीले २०८१ साल जेठ ११ गतेका लागि प्रदेश सभा अधिवेशनका लागि गरिएको सिफारिसको कुनै अर्थ नरहेको उनले बताए ।

उनले भने, ‘सरकार अल्पमतमा परिसकेपछि उहाँको सिफारिसको के अर्थ छ र ? तत्काल अधिवेशन बोलाउनुपर्छ ।’

तर, अधिवेशन अगावै मुख्यमन्त्री केदार कार्कीले पदबाट राजीनामा दिने आशामा आफूहरू रहेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?