
काठमाडौँ – नेपालका धावक गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। यस संस्करणको लण्डन म्याराथन अप्रिल २१ मा शुरु हुँदै छ। १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पाँच हजार पाँच हजार मिटर दौडमा स्वर्ण विजेता गोपीचन्द्रले यस पटक नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका हुन्।
त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दै छन्। बुधवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीलगायतले गोपीलाई बिदाइ गरेका थिए।
उनी नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लण्डन म्याराथनका लागि छनोट भएका हुन्। नेपालगञ्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा विजेतालाई लण्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो।
गत मंसिरमा नेपालगन्ज म्याराथन म्याराथन जितेयता गोपीचन्द्रले लण्डन म्याराथनको तयारी गरिरहेका थिए। उनी एपिएफका खेलाडी हुन्।
नेपालबाट छनोट भएर पहिलोपटक कुनै पनि धावक लण्डन म्याराथनको इलितर्पm प्रतिस्पर्धा गर्न लागेको हो। लण्डन म्याराथनको विभिन्न विधामा गरेर पाँच लाख ६० हजार मानिस दौडनेछन्। इलिटमा भने करिव ५० हजार धावक हुनेछन्।