
मुगु – कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको सोरू गाउँपालिका–६ र ९ जोड्ने सस्पेन्सन ट्रेल ब्रिज, संरक्षण अभावका कारण जिर्ण हुँदै गएको छ।
बहुदलिय प्रजातन्त्र आउनुअघि पंञ्चायती शासन ब्यस्थाको समयमा बनेको उक्त पुल जोखिममा परेपछि स्थानिय जनताहरू त्रास पुर्ण यात्रा गरिरहेको पाइएको छ।
सोरू गाउँपालिका कुलाहाँमा २०४० सालमा बनेको उक्त पुल करिब चार दशक भन्दा बढी समय पुरानो भएको पुर्व जिबिस सभापति डिल्लीप्रशाद भट्टले जानकारी गराए।
बिकास निर्माणको काम गर्दा अन्य क्षेत्रमा नकरात्मक प्रभाव नपरोस भन्नका लागी आर्थिक, सामाजिक, र वातावरणिय, बिज्ञहरूले वातावरणिय सर्वेक्षण गर्नुपर्ने प्राब्धान भए पनि त्यस तर्फ स्थानिय स्तरमा सावधानी नअपनाईदा कुलाहाँको पुल जोखिममा परेको भट्टले बताए।
उनका अनुसार पुल जति पुरानो भएपनि आयु अझै बाँकी रहेको भएपनि सडक, लगायत बिकास निर्माणका काम गर्दा पुल माथि बाट ढ्ङ्गा माटो खसाली लापर्वाही गरेकाले पुल जिर्ण भई फलामे सामाग्री चोरी हुँदै गएकोले त्यस तर्फ कसैको ध्यान नपुगेको पुर्व जिबिस सभापति भट्टको गुनासो रहेको छ। जिबिस सभापति हुनु अघि प्राबिधिक समेत रहेका भट्टका अनुसार सुईस सरकारको ४० बर्ष अघि करिव ५५ लाख रूपयाँ लागतमा उक्त पुल निर्माण भएको थियो।
सोरू भेगका जम्मा ११ वटा वडाका करिव ६ दर्जन बस्तिका मानिसहरू लगायत हिउँदको समयमा सोरू तातोपानी कुण्डमा नुहाउन जाने मानिसहरू उक्त पुलबाट दैनिक ओहोर, दोहोर गर्ने गरेका छन्। जोखिम युक्त पुलबाट आउँजाउ गर्दा डर लाग्ने गरेको सोरू९ ८ तारा पानीका युवा प्रेमबहादुर रावलले बताए। बर्षाको समयमा कर्णाली नदीमा पानीको सतह बढ्नाले जोखिम मोलेर पुल तर्नु परेको रोकायाले बताए।
छायाँनाथ यातायात प्रालीका अध्यक्ष नवराज चौंलागाईले सोरू तातोपानी कुन्ड नुहाउन जाँदा पुल तर्न सारै गारो रहेछ। मर्मत संहार तिर संबंधित निकायको ध्यान जानू पर्ने बताउनु भयो। पुलको तारापानी तिरका केही भाग बिछ्याईयका फलामे सामाग्री चोरी भैसकेका छन् भने। छेउतिरको भागमा पुलका लठ्ठा मात्र बाँकी रहेका छन्।
पुल मुनितिर बिछ्याईएका फलामका सामाग्रीहरू लथालिङ्ग अवस्थामा रहेका छन्। पुल जिर्ण हुँदै गएपछि मर्मत संहारतर्फ कसैको ध्यान नपुगेको स्थानिय हरूले गुनासो गरेका छन्।