
काठमाडौँ – मन्त्रिपरिषदले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले सन्तलालाई राष्ट्रियफलको मान्यता दिएको हो।
त्यस्तै सरकारले नेपालको लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजननाका लागि विश्व बैंकबाट प्राप्त हुने ६१ करोड ३५ लाख अनुमादन सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारले गृह मन्त्रालय र महातहतका नियकको संगठन पुनःसंरचना गर्न स्वीकृत प्रदान गरेको छ।
सरकारले पाँच जना सचिवको सरुवा समेत गरेको छ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ।
त्यस्तै अर्जुप्रसाद पोखरेललाई प्रधानमन्त्रीको कार्यालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा, सुमनराज अर्याललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने मुकुन्दप्रासद निरौलालाई उपराष्ट्रपतिको कार्यालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो। त्यस्तै विनोदप्रकाश सिंहलाई सामान्य प्रशासन मन्त्रालयबाट वित्त आयोगमा सरुवा गरिएको छ।