सरकारको लगानी सम्मेलन सम्बन्धी अवधारणामा पूर्वप्रधानमन्त्री भट्टराईको असन्तुष्टि

सरकारको लगानी सम्मेलन सम्बन्धी अवधारणामा पूर्वप्रधानमन्त्री भट्टराईको असन्तुष्टि
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन्।

नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको उनको भनाइ थियो। सरकारले यही वैशाखको १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ । आइतबार काठमाडौंमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले मन्त्रीहरुले राजदुतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरे ।

उनले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने तर्क गरे। स्वदेशी श्रमको परिचालन गरेर अघि बढ्नसके वैदेशिक लगानी भित्र्याउन सहज हुने पूर्वप्रधानमन्त्री भट्टराईले बताए। उहाँले भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने दोहोर्‍याए।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘हामीले वर्षौदेखि यो वैदेशिक लगानीको कुरा गरिराखेका छौं । तर खासै प्रगति चाहीँ भइराखेको छैन । दुई दुई पटक लगानी सम्मेलनहरु भए । र अहिले पनि भईराखेको छ । र त्यो उहीँ ढाँचामा भईराखेको म देख्छु । राजदुतहरुलाई बोलाएर हाम्रा मन्त्रीहरुले तपाईका देशका लगानी कर्ता, व्यवसायी, पुँजिपतिहरुलाई पठाईदिनुपर्‍यो भनेर हारगुहार गर्नुभएको छ । मलाई चाहीँ के लाग्छ भने नेपालमा लगानी नै आएको छैन । त्यसैले किन आएन भन्न स्वभाविक नै हो । मेरो राजनीतिक अर्थशास्त्रमा थोरै रुचि राख्ने भएकाले नेपालमा किन लगानी आईराखेको छैन भन्ने विषयलाई समग्रतामा नै हेर्नुपर्ने हो कि । सबैले भन्दा पनि किन आईराखेको छैन, कहाँ चुकेका छौ हामी ? यसको अन्तर्यतिर बहस गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले बहुराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउने नीतिले पनि नेपालमा वाह्य लगानी बढाउने कुरामा समस्या थपिएको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’