काठमाडौँ – वैशाख ८ र ९ गते गोदावरी आयोजना हुने एमालेको महाविधेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने कामका समिक्षा सम्बन्धि प्रतिवेदन, पार्टीका चार वटा आयोगले पनि आफ्नो कामको प्रगति विवरण पेश गर्ने तय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी परिषद बैठकमा छलफल हुने उनले बताए।
ज्ञवालीले भने ‘त्यो बैठकमा महाधिवेशनका प्रतिनिधिहरु २१५३ जना सहभागी हुनुहुनेछ । महाधिवेशनपछि थपिनुभएको केन्द्रिय सदस्यहरु, केन्द्रिय सल्लाहकार परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रिय लेखा आयोगका साथीहरु पनि त्यसमा सहभागी हुनुहुनेछ भने २५ सय जतिको यो कार्यक्रम हुन्छ । त्यसमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको कामको लेखाजोखा सम्बन्धि प्रतिवेदन र चार वटा आयोगको प्रतिवेदनमाथि व्यापक छलफल गर्छौं । र, हाम्रो पार्टीलाई निर्णायक राजनीतिक शक्ति आगामी निर्वाचनमार्फत निर्णायक राजनीतिक शक्ति बनाउनका निम्ति हाम्रा कामहरु के हुन भन्ने बारेमा छलफल हुनेछ । र १० गते हामीले हाम्रो पार्टी स्थापनाको ७५ औंं वर्ष पूरा भएर ७६ औं वर्षमा प्रवेश गर्दैछौं । त्यसमा विशेष इभेन्ट हामीले आयोजना गर्दैछौं । त्यसमा नेपाली कम्युनिष्ट आन्दोलनका अहिलेसम्मका इतिहास झल्काउने डकुमेन्ट प्रश्तुत गर्नेछौं । झुलाघाट, चिवाभञ्ज्याङ संकल्प यात्रा, जाजरकोटलगायतका भूकम्पका बेला पार्टीले चलाएको स्वयंसेवक परिचालन, निर्वाचनलगायतका केही मेजर इभेन्टहरुमा पनि हुन्छ । देशका प्रमुख राजनीतिक दलहरुका नेताहरुले त्यहाँ सम्बोधन गर्नुहुनेछ।’
बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरुको सहभागितामा विशेष कार्यक्रम पनि वैशाख २० गते आयोजना गर्दैछ। त्यसमा प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्यमुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































