
काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।
उनलाई साेमबार बिहान माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खाेल्दादेखि नै पाण्डे उनकाे साथमा थिए।
पाण्डेले सामाजिक सञ्जालमार्फत् पार्टी परित्याग गरेको पनि घोषणा गरेका छन् । उनले भनेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’
पाण्डेले भट्टराईको स्वकीय सचिवका रूपमा पनि काम गर्दै आएका थिए।