कञ्चनपुरमा लागुऔषध मुद्दा: ९ महिनामा २१६ जना पक्राउ

कञ्चनपुरमा लागुऔषध मुद्दा: ९ महिनामा २१६ जना पक्राउ
+
-

महेन्द्रनगर- विगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसनी र ओसारपाेसर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन्। उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ।

‘अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा संगतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ। स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ।’

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताए। ‘सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो,’ उनले भने, ‘हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छाैं।’

लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन्।

‘कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका छन्,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ।’

लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहेको उनले बताए।

त्यसैगरी, विगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ।

यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरूपमा भन्सार छली ल्याएको रु चार करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?