सिलवाल प्रकरणमा प्रहरीबीच नै यस्तो खेल

सिलवाल प्रकरणमा प्रहरीबीच नै यस्तो खेल
+
-

काठमाडौं– ‘उपरोक्त सम्बन्धन्मा यस कार्यालयमा दर्ता भएको मुद्दा दर्ता नम्बर २८३/०७४/०७५ मुलुकी ऐन कीर्ते कागजको महलअन्तर्गतको सरकार कागजात कीर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्ने पर्ने भएको हुँदा निम्न स्थान वतन भएका निम्न व्यक्तिलाई अविलम्ब यस कार्यालयमा उपिस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरिदिन हुन अनुरोध गरिएको छ’, सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धामा काठमाडौं प्रहरी परिसरले मंगलबार साँझ पूर्वडिआईजी नवराज सिलवालबारे ललितपुर प्रहरी परिसरलाई लेखेको पत्रमा उल्लेख छ।

ललितपुर प्रहरीलाई साँझ सात बजेमात्र पत्र प्राप्त भयो।  त्यसअघि नै सिलवाललाई पक्राउ पुर्जी जारी भएको भन्ने समाचार भाइरल भईसकेको थियो। पत्रको ब्यहोरा अनुसार पक्राउ पुर्जी कहिँकतै देखिदैँन।

‘हामीलाई सिलवाल उपस्थित गराउने पत्र प्राप्त भएको छ। केही बुझ्नका लागि उहाँलाई ल्याउनु भन्ने आदेश छ’, ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐर भन्छन्।

पक्राउ पुर्जी र बुझ्नका लागि उपस्थित गराउनू भन्ने ब्यहोरा एउटै हो र? प्रहरी स्रोतका अनुसार किटानी जाहेरी दर्ता भएकाविरुद्ध मात्र पक्राउ पुर्जी हुन्छ। ब्यहोरामा सोधपुछका लागि उल्लेख हुँदाहुँदै कसरी ‘पक्राउ पुर्जी’का रुपमा समाचार बाहिर गयो, प्रहरी नै आश्चर्यचकित छन्। तर केही सञ्चार माध्यमले काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकलाई उद्धृत गर्दै सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको उल्लेख गरेका छन्।

प्रहरी महानिरीक्षक ‘आईजी’ नियुक्ति विवादमा सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन (कासमु) फाइल किर्ते भएको अदालतले निष्कर्श निकालेको थियो।

सर्वोच्चले यस विषयमा संलग्नहरुको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो। केही साताअघि काठमाडौं प्रहरी परिसरमा उक्त विषयमा सरकारी दस्तखत तथा छाप कीर्तेमा मुद्दा दर्ता भएपनि कसैविरुद्ध किटानी जाहेरी दर्ता भएको थिएन। पुस ५ गते दर्ता भएको मुद्दामा त्यसको १० दिनपछि सिलवाललाई उपस्थित गराउने विषयमा काठमाडौं परिसरले पहल सुरु गरेको हो ।

सिलवाल मलेसियामा आयोजित एक कार्यक्रममा सहभागी हुन गएपछि बल्ल प्रहरीले पत्र काटेको छ। सिलवाललाई उपस्थित गराउन पत्र काटिएको केही घन्टा अघि मात्र काठमाडौं प्रहरी परिसर प्रमुख धानुकलाई महानगरीय प्रहरी कार्यालय, रानी पोखरी प्रमुख जयबहादुर चन्द, मुख्य सचिव लोकदर्शन रेग्मीले सिलवाल प्रकरणमा चासो देखाएका थिए।

आफूमाथि दबाब आएपछि धानुकले घुमाउरो भाषामा पत्र लेखेर ललितपुर प्रहरीलाई सिलवाललाई ल्याउने जिम्मा दिएको स्रोत बताउँछ। ‘काठमाडौं प्रहरी परिसरमा दर्ता भएका मुद्धाका विषयमा देशभित्र मात्र होइन, बाहिर आफैँ गएर उसले अभियुक्त पक्राउ गरेको छ। ललितपुरमा भएको मान्छेलाई ल्याउन ललितपुरलाई नै पत्र काटिरहनु पर्ने थिएन। जिम्मेवारीबाट आफू उम्कने जुक्ति देखिन्छ’, प्रहरी प्रधान कार्यलयका एक अधिकारी भन्छन्।

यो पनि हेर्नुहोस्: 

के छ सिलवाललाई ‘उपस्थित गराउन’ प्रहरीले काटेको पत्रमा?

पूर्वडिआइजी तथा सांसद सिलवाल ‘फरार होइनन्’

सा‌ंसद सिलवाललाई बयानका लागि बोलाइयो

सिलवाल प्रकरणमा किन पत्र काट्यो प्रहरीले पाँच मिडियालाई?

के नवराज सिलवालले कासमु कीर्ते गरेकै हुन्?

पूर्वडीआइजी तथा सांसद सिलवालविरुद्ध किर्तेमा मुद्दा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?