
वीरगञ्ज – ट्यांकरले ठक्कर दिँदा बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक जना प्रहरी जवानको मृत्यु भएको छ।
सोमबार राति पथलैयाबाट वीरगञ्जतर्फ आइरहेको ना ७ ख ३०२६ नम्बरको ट्यांकरले सोही दिशामा आउँदै गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवान दिनेशबहादुर परियार घाइते भएका थिए। उनको उपचारको क्रममा एलएस न्युरो अस्पताल परवानीपुरमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानले जानकारी दिए।
अछाम चउरपाटी गाउँपालिका वडा नम्बर– १ निवासी प्रहरी जवान जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए। घटनापछि ट्यांकरलाई नियन्त्रणमा लिइएको तथा चालक फरार रहेको न्यौपानेले बताए।