काठमाडौँ- चट्याङ मास्टर भनेर चिनिने प्रख्यात व्यंग्यकवि कृष्णमुरारि गौतमका अन्य रोचक परिचयहरु पनि छन्।
कुनै समय रोचक र घोचक व्यंग्यकविता लेख्ने चट्याङ मास्टरले साथीहरुसमेत मिलेर कुनै समय ‘सिस्नुपानी नेपाल’ सुरु गरेका थिए।
देशसञ्चार चौतारीको पछिल्लो अंकमा हामीले उनै ७३ वर्षीय चट्याङ मास्टरलाई निम्त्याएका छौँ।
कृषि अर्थशास्त्रीका रुपमा समेत परिचय बनाएका तथा पछिल्लोसमय ‘एजिङ नेपाल’ नामक संस्थामार्फत पाका व्यक्तिहरुको जीवनका विभिन्न आयाममा काम गरिरहेका गौतम पाका व्यक्तिहरुका क्षेत्रमा काम गर्ने विश्वकै ५० महत्त्वपूर्ण व्यक्तिको सूचीमा पनि परेका छन्।
पाका व्यक्तिहरुसँग धेरै अनुभव र कथाहरु हुने र आम मानिसलाई ती अनुभव काम लाग्ने गौतमले बताए।
पाका मानिसले सबैको भलो चिताउने किनभने उनीहरुले कसैको कुभलो चिताउने मन नै नहुने उनले बताए। गौतमका अनुभवका उनले पाको हुँदै जाँदा आफैँले आफूले बढी चिन्दै गएका छन्।
अहिले पछिल्लो समयमा आफू ‘बुढ्यौली साहित्य’ भनेर पाका व्यक्तिहरुका बारे लेखिएका साहित्यको सिर्जना र प्रबर्द्धनमा लागेको उनले बताए।
आफूले साहित्यमा व्यंग्यकविताबाहेक केही नलेखेको बताउँदै गौतमले आफूले यस क्षेत्रमा साधना गरेको बताए। ‘जब अक्षरहरु नाच्न थाल्छन्, थोरै शब्दहरुको संयोजनले कविता बनाइसकेपछि मजा आउँछ अनि आफूले लेखेको पढेर कोही हाँस्यो भने डबल मजा आउँछ,’ उनले भने।
व्यंग्यलेखनले आफूलाई मजा दिने उनले बताए। ‘एउटा विषय लिएपछि त्यसमा जीवन समर्पण गर्नुपर्छ,’ उनले भने।
उनले नेता रिसाउनु र सही हुनुमा कुनै नाता नहुने पनि बताए। ‘बरु सर्वसाधारण भने मलाई चिनेर खुसी हुन्छन्,’ उनले हाँस्दै भने।
सिंहदरबारका बासिन्दालाई ‘जुकाज्यू’ भनेर सम्बोधन गर्ने गौतमले जुकाहरु धेरै खाएपछि ढाडिएर खस्ने तर नेपालका जुकाज्यूहरुले कहिल्यै नअघाउने बताए।
नेपालमा स्वस्थ मान्छेहरु नभएजसरी बिरामी मान्छेहरुलाई राष्ट्रपति वा अन्य पदमा राखेको भन्दै उनी अचम्मित पनि भए।
व्यंग्यकविताका बाछिटाले नेताहरु वा पात्रहरुलाई सच्चिन प्रेरणा दिओस् भनी आफूले चाहने उनले बताए।
नेपालमा कुनै पनि विषयमा १० वर्ष काम गर्ने हो भने त्यस विषयमा धेरै योगदान पुग्ने उनले बताए। बुवाको सेवामा लाग्न पाउँदा आफूलाई खुसी लागेको उनले अन्तर्क्रियाका क्रममा बताए।
नेपालको राजनीतिमा न राज, न नीति भएको उनले बताए। ‘नेपालको राजनीतिमा न राज छ, न नीति,’ उनले भने।
नेपालमा कृषिको धेरै सम्भावना भए पनि विकास नै गर्न नखोजेको उनले बताए।
पूरा भिडियो: