
काठमाडौँ – सिटिजन्स बैंकले एक फाउन्डेसनलाई १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेको स्नो याक फाउन्डेसनलाई आर्थिक सहयोग गरेको हो।
बैंकले आफ्नो १७ औँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदै छ। बैंकले एक समारोहका बीच १ लाख रुपैयाँको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो।
हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ।