
काठमाडौँ-नेकपा एकीकृत समाजवादी (नेकपा एस)पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको लागि संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि बढाउने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशका नेकपा एस संसदीय दलका नेता सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए। त्यसअनुसार एकीकृत समाजवादीको तर्फबाट दलका नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए।
तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएका थिएनन्। सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन्।