आफन्तजनले बुझेनन् शव

पोखरामा अर्को काण्ड: पुष्पा केसीको बलात्कार प्रयासमा हत्या भएको आफन्तजनको आरोप

पोखरामा अर्को काण्ड: पुष्पा केसीको बलात्कार प्रयासमा हत्या भएको आफन्तजनको आरोप
+
-

पोखरा- शुक्रबार पोखरा लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको हत्या भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।
शनिबार भएको पोष्टमार्टमबाट पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती र फोक्सोमा चोट लागेको, आन्तरिक रक्तस्राव भएको र देब्रे खुटटाको कुर्कुचा भाचिएको पाइएको थियो।

पोष्टमार्टम रिर्पाेटमा उनको बलात्कार भएको नपाइएको प्रहरीले जनाएको छ। तर परिवारजनले भने पुष्पाको बलात्कार प्रयासका क्रममा हत्या भएको दाबी गरेका छन्। शरीरमा निलडाम सहितका चोट भएकाले आफन्तजनले पुष्पाको हत्या भएको बताउँदै थप अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने जनाएका छन्।

पुष्पाका काका धुव्र केसीले भने, ‘घटनास्थलको दृश्य धेरै शंकास्पद छ। उचित छानबिन हुनुपर्छ हामीले न्याय नपाएसम्म शव उठाउँदैनौ।’

विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी बिहीबार साढे ५ बजे विद्यालयको बसबाट करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन्।

साँझसम्म उनी घर नआएपछि उनको खोजी गरिएको थियो। उनको शव शुक्रबार साँझ लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको नजिक भिरालो झाडीमा भेटिएको थियो।

घटनास्थलको प्रकृति हेर्दा उनको बलात्कारको प्रयासबाट हत्या भएको हुन सक्ने स्थानीय महिला नेतृ लक्ष्मी पाण्डेले बताइन्। उनले भनिन्, ‘उनी रजस्वला भएको अवस्थामा थिइन्। साडीको कपडालाई प्याडको रुपमा प्रयोग गरिएको थियो। घटनास्थलको प्रकृति हेर्दा बलात्कारको प्रयास गरिएको र रजस्वला भएकाले हत्या गरेर छोडेको जस्तो देखिन्छ।’ पाण्डेले करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएकोे झार समातेर मडारिएको जस्ता दृश्यले पनि घटना रहहस्यमय रहेको बताइन्।

कास्कीका प्रहरी प्रमुख ओम रानाले घटनाको बारेमा थप अनुसन्धान गरीने प्रतिक्रिया दिए। पुष्पाका बुवा नृतेन्द्र केसी नेपाल आर्मीबाट रिटार्यड हवल्दार हुन् भने हाल उनी गण्डकी बोर्डिङ्ग स्कुलमा सुरक्षागार्डको रुपमा कार्यरत छन्। उनका ३ छोरी र १ छोरा छन्। पुष्पा दोस्रो सन्तान हुन्।

यसैबीच कास्कीमा क्रियाशील ५ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?