
इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले पञ्जवा किंग्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा चौंथो जित निकालेको छ। पञ्जावको यो लगातार चौंथो हार हो। जितसँगै गुजरातपनि ‘आठ’ अङ्कको क्लबमा उक्लिएको छ। अङ्क तालिकामा चेन्नई र लखनउको पनि आठ अङ्क छ।
घरेलु मैदान मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जवाले निर्धारित २० ओभरमा १ सय ४२ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य गुजरातले ५ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा गर्यो। गुजरातको जितमा कप्तान शुभमन गिलले ३५ रन बनाउँदा साइ सुदर्शनलले ३१ तथा राहुल टिवेटियाले ३६ रनको नटआउट इनिङ खेले।
त्यस्तै अजमतुल्लाह ओमरजाइले १३ रन बनाउँदा ऋद्दिमान साहाले पनि १३ रन बनाएका थिए। पञ्जावका लागि हर्षल पटेलले ३ तथा लियम लिभिङस्टोनले २ विकेट लिएपनि टिमको हार टार्न पर्याप्त भएन।
त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाव २० ओभरमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो। पञ्जावका लागि प्रवसिम्रन सिंहले ३५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै साम कुरानले २० रन बनाउँदा जितेश शर्माले १३ रन बनाए। हरप्रित ब्रारले २९ रन बनाउँदा जितेश शर्माले १३ रन बनाएका थिए। पञ्जावलाई सस्तैमा समेट्ने क्रममा साइ किशोरले ४ तथा नुर अहमद र मोहित शर्माले २-२ विकेट लिए।