
झापा- झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ ७.५५ बजेको समयमा सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको १२५ सिसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो।
गम्भीर घाइते भइ बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो।
सोही मोटरसाइकलको पछाडि सवार मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने २९ वर्षीय प्रसन्न दनुवार गम्भीर घाइते भएका छन्। अनुहारमा चोट लागेका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
ठक्कर दिने सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको छ।