भद्रपुरको दुर्घटनामा एक महिलाको मृत्यु, सवारी दुर्घटनामा परी एकैदिन ५ जनाले ज्यान गुमाए

भद्रपुरको दुर्घटनामा एक महिलाको मृत्यु, सवारी दुर्घटनामा परी एकैदिन ५ जनाले ज्यान गुमाए
+
-

झापा- गएराति झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। योसँगै बुधबार एकै दिन झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।

राति ८ बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ८ नमुना टोलस्थित चन्द्रगढी– भद्रपुर भित्री सडकखण्डमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री नाम थर वतन नखुलेको मागिखाइ हिँड्ने वर्ष अन्दाजी ८० वर्षकी वृद्धा महिलालाई ठक्कर दिएको थियो।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचारका क्रममा राति ९ बजे ती वृद्धाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर नगरपालिका ८ बस्ने ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय, झापाले नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?