
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको उपाधि सम्भावना झनै कमजोर बनेको छ। लगातार दोस्रो खेलमा लिभरपुल जितविहीन रह्यो। शनिबार वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि उसको उपाधि सम्भावना थप कमजोर बनेको हो।
अघिल्लो खेलमा एभर्टनसँग २-० ले पराजित भएको लिभरपुलको जारी प्रिमियर लिगमा पछिल्लो पाँच खेलमा चौंथो जितविहीन यात्रा हो। प्रमियर लिगमा लिभरपुलले पछिल्लो पाँच खेलमा २ बराबरी र २ हार भोग्दा फुलह्यामलाई भने ३-१ ले हराएको थियो। अब प्रिमियर लिगमा लिभरपुलले तीन खेल खेल्न बाँकी छ।
लन्डन स्टेडियममा भएको खेलमा लिभरपुल विरुद्ध जेरोड बौनले ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा वेस्टह्यामलाई १-० को अग्रता दिलाए। तर डियाजको पासलाई एन्डी रोबर्टसनले ४८ औं मिनेटमा सदुपयोग गर्दा लिभरपुलले खेल १-१ गोलको बराबरीमा ल्यायो। यद्यपि लिभरपुलले ६५ औं मिनेटमा अलफोन्स एरेओलाको गोलमा अग्रता बनायो। तर वेस्टह्यामले मिखेल एन्टोनियोको गोलमा खेल बराबरीमा ल्याएको थियो। अब लिभरपुलले अर्को खेलमा टोटेनह्यामको सामना गर्ने छ।