
इलाम- इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणना जारी छ । १५४१ मत रहेकाे फाकफोकथुममा मतगणना हुँदा कांग्रेस अघि लागेको छ ।
कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा एमालेले ५३४ मत प्राप्त गरेको छ । उसका उमेदवार सुहाङ नेम्वाङ छन् ।
इलाम क्षेत्र नम्बर २ मा केही समयअघिबाट मतगणना सुरू भएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै रास्वपा उमेदवार मिलन लिम्बुले ११५ मत ल्याउँदा स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो ।
संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।