
इलाम- इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।
उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ६ हजार ४०३ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ४ हजार ७८० मत ल्याएका छन्।
डम्बरभन्दा सुहाङ १६२३ मतले अघि छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३ हजार १८८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार मत ल्याएका छन्।