
इलाम- इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले ८ हजार ८८ मत ल्याएका छन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ८३१ मत ल्याएका छन्। नेम्वाङ खड्काभन्दा २ हजार २५७ मतले अगाडि छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ४३० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १९८ मत ल्याएका छन्।
चुलाचुली गाउँपालिकाकाे मत गनेर सकिन लागेकाे छ। माङ्सेबुङ गाउँपालिकाको मत गन्न सुरु गरिएको छ । अहिलेको परिणाम माङ्सेबुङ १ सहितको हो।