
इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले १० हजार १ मत ल्याएका छन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार ९४४ मत ल्याएका छन्।
नेम्वाङ खड्काभन्दा ३ हजार ५७ मतले अगाडि छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ९५१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १४४ मत ल्याएका छन्।
राप्रपाका लक्ष्मी गुरुङले ५० मत ल्याएका छन्।
हालसम्म २४ हजार ३६८ मत गनिसकिएकाे छ, जसमध्ये २९० मत बदर भएकाे छ।