पहिचान पक्षधरको निर्णायक मत नआएको माङ्सेवुङ गाउँपालिका

पहिचान पक्षधरको निर्णायक मत नआएको माङ्सेवुङ गाउँपालिका
+
-

इलाम- किरात धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुआमा पवित्रहाङमाको प्रभावभूमि माङ्सेवुङ गाउँपालिकाबाट पहिचान पक्षधर उमेदवार डकेन्द्रसिंह थेगिमले थोरै मतान्तरले लिड गरे। धर्मगुरु र गुरुआमाको मतदान केन्द्र वडा नम्बर ५ बाट ८८ प्रतिशत मत खस्दा अन्य वडाबाट उनलाई प्रशस्त मत आएन।

गाउँपालिकामा १२ हजार ५३६ मतदाता रहेका छन्। निर्वाचन आयोगका अनुसार यहाँ ७ हजार २०५ मत खसेको थियो। जसमध्ये मुडा चिह्नमा थेगिमले २ हजार ६३९ मत पाए।

कोसी प्रदेश नामाकरणपश्चात् पहिचानको आन्दोलनको आधार स्तम्भ यही गाउँपालिकालाई मानिन्छ। किरात धर्मगुरु प्रभाव यो क्षेत्रमा झिनो मतान्तरले पहिचान पक्षधर उम्मेदवार पहिलो स्थानमा भएपश्चात् एमाले बलियो बन्दै गएको छ।

वडा नम्बर १ मा कांग्रेसले ४३६ मत प्राप्त गर्दा थेगिमले ३७२ मतमात्र प्राप्त गरे। एमालेले ४११ मत प्राप्त गर्‍याे। वडा नम्बर २ मा पनि थेगिम तेस्रो स्थानमा रहे। उनले ३१७ मत प्राप्त गरे। यहाँ पहिलो दल एमाले उमेदवार सुहाङ नेम्वाङले ५८६ मत प्राप्त गर्दा कांग्रेसको उमेदवार डम्बर खड्काले ३५१ मत पाए।

गाउँपालिकामा ६ वडा रहेका छन्। वडा नम्बर ३ मा सुहाङले ५१९, खड्काले ३१३ तथा थेगिमले ६४० मत पाए। वडा नम्बर ४ मा एमाले ४१६, कांग्रेस ११८ तथा मुडाले १६२ मत प्राप्त गर्‍याे।

वडा नम्बर ५ मा भने मुढाले १ हजार ३२ मत प्राप्त गर्‍याे। यहाँ एमालेलाई ६९ र कांग्रेसलाई ४९ मत गएको छ। वडा नम्बर ६ मा अवस्था उल्टियो। थेगिमले ११६ मत प्राप्त गर्दा सुहाङले ५९० तथा खड्काले २१३ मत प्राप्त गरे।

माङ्सेवुङमा रास्वपा उमेदवार मिलन लिम्बुले २४३ मत प्राप्त गरे।

इलाम-२ मा २७ हजार ८७५ मत गन्दा सुहाङले ११ हजार ७८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ७ हजार ३२४ मत ल्याए। दुबैबीच ३ हजार ७५४ मतान्तर रहेकाे छ।

थेगिमले ६ हजार ९०१ मत ल्याउँदा लिम्बूले १ हजार ५१२ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?