
उमाकान्त खनाल
बैशाख १७, २०८१

अ
+
अ
अ
-
इलाम – इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायमै राखेको छ।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले झण्डै पाँच मतको अग्रता लिएका छन्। सुहाङले १३ हजार ९ सय मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ८ हजार ९१४ मत पाएका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार २८५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ९४५ मत पाएका छन्।

