
इलाम – इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ।
देउमाई नगरपालिका वडा नम्बर–२ तपेवा, साब्जुङ, बाघखोर, पुङफुङलगायतको मतगणना सकिँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६५३ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत पाएका छन्। नेम्वाङ र खड्काबीचको मतान्तर ५ हजार ३०३ छ।
यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुलेे ८ हजार ५७० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूल २ हजार ५७ मत पाएका छन्।