
जब सरकारले २०८१ वैशाख १५ गतेका लागि इलाम २ बाट प्रतिनिधिसभा सदस्य छान्न उपनिर्वाचनको मतदान गर्ने मिति तोक्यो तब नेपाली कांग्रेसले उम्मेदवार बनाउनका लागि छलफल सुरु गर्याे।
पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङसँग चुनाव हारेका डम्बर खड्का, नेता शेखर कोइरालानिकट मानिने इलामका कांग्रेस नेता भेषराज आचार्यलगायतको नाम इलाम जिल्ला समितिले केन्द्रमा पठायो।
त्योबेला उम्मेदवारको नाम तोक्न पार्टीको केन्द्रीय समितिमा पनि निकै रस्साकस्सी चल्यो। तर नेता शेखर कोइराला पक्षधरको जोड चलेन, डम्बर खड्काको नै उम्मेदवारी तोकियो।
उनको उम्मेदवारी तोक्दा एमालेले चुनावी अभियान तीव्र बनाइसकेको थियो। पार्टी सभापति देउवाले इलामको उपचुनावमा आफ्नो दलको उम्मेदवार खड्कालाई जिताउन दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई चुनावी अभियानको ‘कमाण्डर’ तोके।
इलामको चोकबजारमा आयोजित सभामा बोल्दै दुई महामन्त्रीले इलामको विकासका लागि खड्का नै उपयुक्त पात्र भन्दै अभिव्यक्ति दिए। दुई महामन्त्री तारान्तार इलाम आए। तर पार्टी सभापति देउवा एक पटक पनि इलाम टेकेनन्।
एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटकका ठूला सभामा सम्बोधन गर्न इलाम आए। तर कांग्रेस सभापति देउवा आएनन्, दुई महामन्त्रीको भर परे। खड्कालाई जिताउन दुई महामन्त्रीको केही जोड चलेन। अन्ततः खड्का पराजित भए, चुनावी अभियानमा दुई महामन्त्री ‘फेल’ भए।
याे पनि पढ्नूहाेस्: ‘अभागी’ डम्बर, पहिले बुवासँग हारे अहिले छोरासँग
याे पनि पढ्नूहाेस्: रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत
याे पनि पढ्नूहाेस्: सुरु भयो सुहाङको प्रतिनिधिसभा यात्रा