सुहाङको विजय जुलुसमा सहभागी लिएर फर्केको पिकअप भ्यान दुर्घटना, १९ जना घाइते

सुहाङको विजय जुलुसमा सहभागी लिएर फर्केको पिकअप भ्यान दुर्घटना, १९ जना घाइते
+
-

झापा – इलाम बजारमा आयोजित नेकपा एमालेको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

इलामको बिब्ल्याँटेमा दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले झापाको बिर्तासिटी अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप भ्यान इलाम नगरपालिका ५, बिब्ल्याँटे बजारछेउ सडकमा पल्टिएको हो।
इलाम क्षेत्र २ को उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्बाङको विजय सभामा सहभागी हुन गाउँ–गाउँबाट मतदाता इलाम बजार आएका थिए।

इलाम नगरपालिका ५ बस्ने वर्ष ३५ की लीलादेवी चापागाईंको देब्रे हातमा चोट रहेकाले थप उपचारका लागि बिर्तासिटी अस्पताल झापा रेफर गरिएको प्रहरीले जनाएको छ।

घाइतेहरूमध्ये इलाम नगरपालिका ५ कै वर्ष ६८ का वासुदेव खनाल र इलाम ५ कै वर्ष ५७ का सूर्यप्रसाद दुलाललाई झापा रेफर गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?