गमगढीमा व्यापार छैनः ब्यापारीलाई सटर भाडा र किस्ता तिर्नै मुृ्स्किल

गमगढीमा व्यापार छैनः ब्यापारीलाई सटर भाडा र किस्ता तिर्नै मुृ्स्किल
+
-

मुगु– कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको प्रमुख ब्यापारी केन्द्र गमगढी बजारमा केही बर्ष यता व्यापार ब्यवसाय क्रमिक रूपमा गिरावट आउँदा ब्यापारीले घाटाको समस्या झेल्नुपरेको छ।

प्रतिदिन ब्यापारमा घाटा हुँदै गएपछि ब्यापारी  चिन्तित बनेका छन्। जिल्लामा बेरोजगारीको संख्या बढ्दै गएपछि रोजगारीको लागि बैङ्क तथा बित्तिय संस्थाबाट ऋण लिएर व्यापार ब्यबसाय गर्दै आएका ब्यापारी दैनिकजसो अपेक्षित ब्यापार नभएपछि चिन्तित बनेका हुन्।

लाखौं लगानी गरी सोचेअनुसारब्यापार नचलेपछि केही व्यापारी सटरको भाडा र बैंकको किस्ता तिर्न नसकेपछि बिस्थापित भएका छन् भने केही ब्यापारी विस्थापित हुने क्रममा छन् । केही बर्ष अगाडी सामान्य अवस्थाको ब्यपार ब्यबसाय पछिल्ला दिनहरूमा ह्वातै घटेको ब्यापारीहरू बताउँछन्।

गमगढी तल्लो बजारमा फेन्सी लगायत अन्य खु्ु्द्रा पसलर सन्चालन गर्दै आएका व्यापारी नरजङ् शाही भन्छन्, ‘केही बर्ष अघि राम्रो व्यापार हुने गर्दथ्यो तर आज भोलिका दिनमा पाँच सयको पनि व्यापार हुँदैन। गाउँका मान्छे सँग पैसा पनि छैन बिगतमा तल्लो हुम्ला बाट ग्राहकहरू किन मेलका लागी यहाँ आउँथे। तर कर्णाली करिडोर बनेपछि हुम्लाका ग्राहक पनि आउँदैनन् शाही बताउँछन्।

अब कसरी बैङ्कको किस्ता तिर्ने अनि सटरको भाडा ? शाही प्रश्न गर्छन्। व्यापार नभएको पीडा केवल नरजङ्ग शाहीको मात्र हैन यस्तै पीडा गमगढी माथिल्लो बजारका फेन्सी पसल गर्दै आएका हरिकृष्ण ऐडी भन्छन्, ‘ मैले लाखौ रूपयाँ लगानी गरेर फेन्सी पसल सन्चालन गरे तर भने जस्तो ब्यपार नै छैन ,व्यापार धेर‌ै घटेको छ, पहिले धेरै चहल पहल हुने गमगढी बजार अहिले दिनमा सुनसान जस्तै हुने गर्छ।’

ब्यापारीक पीडा केबल शाही र ऐडिको मात्र हैन गमगढी बजारका सबै साना ठुला व्यापारी तथा होटेल ब्यबसाय गर्दै आएका हरू सबैको हो। पछिल्लो समयमा गमगढी बजार बाट व्यापार नभएपछि ब्यापारीहरू बिस्तापित हुने क्रम बढेको नेपाल उ्द्योग बाणिञ्य सँग मुगुका अध्यक्ष कमल बहादुर बुढा बताउँछन्।

जिल्लामा बेरोजगारको संख्या बढ्दै जानुका साथै जिल्लामा ठुलो संख्यामा जनतालाई रोेजगार दिएको ग्रामिण पहुँच कार्यक्रमको म्याद सकिनु र अन्य कुनै किसिमका रोजगार मुलक आयोजनाहरू जिल्लाामा सन्चालन नहुँदा युवा जनशक्ति धमाधम बिदेश पलायन हुँदा जिल्लाको आर्थिक स्थिति चलायमान नभए पछि मुगुको ब्यपार ब्यबसाय चौपट परेको अध्यक्ष बुढा बताउँछन्।
नेपालकै प्रमुख पर्यटकीय गन्तब्यको रूपमा रहेको नेपालकै ठुलो र गहिरो ताल राराबाट केही हुन सक्छकी भनेर कुरेका गमगढी बासी, जनता तथा ब्यापारीहरू रारा आएका पर्टकहरू गमगढी नझरी उतै बाट फर्कने गरेकाले ब्यापारीहरूको आशा आसमै सिमित रहको बुढाको भनाइ छ।

छायाँनाथरारा नगरपालिका– ७ पिनाको राता चौर बाट मालबाहक गाडी साबिककै रोडमा पठाउने र पर्यटक बोकेका गाडीहरू गमगढी आउने तल्लो बाटो सुधार गरेर बालैं हुँदै गमगढी –रारा जाने ब्यबस्था मिलाएको खण्डमा सुक्न लागेको गमगढी बजारको ब्यबसायमा केही सुधार हुने पनि अध्यक्ष बुढाको भनाइ रहेको छ।

हाल पिनाको राता चा‌ैर देखी बालैं बगर र बालै देखी बोटुधाराका केही स्थानका सडक खण्डहरू २०७९ साल असोजमा लगातार एक हप्ता परेको भिषण पानीले सडक तहस नहस पारेको थियो भने उक्त सडक हाल सम्म पनि मर्मत हुन नसक्दा स्थानियहरू सवारी का साधन बाट सवार हुँदा बैकल्पिक लामो बाटो प्रयोग गर्दा सास्ती खेप्नु परेको छ । यथाशीघ्र पिना–बालै हुँदै गमगढी सडक मर्मत गर्नुपर्ने स्थानीयकाे माग छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?