
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्डमा पराजित भएको छ। इङ्ल्यान्डको ‘सी’ स्तरिय टोलीसँग नेपाल २-० ले पराजित भयो। इङ्ल्यान्ड नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा भएको खेलमा नेपाल गोलविहीन बन्यो।
खेलको सुरुवात देखीनै दबाबमा रहेको नेपालले १५ मिनेट भित्रै दुई गोल खान पुगेको थियो। तर त्यसपछि रक्षात्मक बनेको नेपालले थप गोल नखाएपनि पूर्ण दबाबमा खेलेको थियो। इंग्लिश टोलीका लागि आठौ मिनेटमा निक काबाम्बाले पहिलो गोल गरेका थिए। ओली हारफिल्डको क्रसमा काबाम्बाले आकर्षक हेड गर्दे टोलीलाई अग्रता दिलाएका थिए।
सुरुवातमै दुई गोलको अग्रता बनाउने क्रममा १३औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। कर्नरमा आएको बललाई क्लियर गर्न नसक्दा क्यालाम स्टेडले गोल गर्दै इंग्ल्यान्डलाई सहज रुपमा २-० ले अगाडी बढाए। खेल अवधिभर नेपालका गोलरक्षक किरणकुमार लिम्बूले इंग्लिस टिमका निकै उत्कृष्ट प्रहारहरु जोगाउँदै नेपाललाई थप गोल खानबाट बचाएका थिए।
पहिलो हाफमा दबाब बनाएको इंग्ल्यान्ड विरुद्व दोस्रो हाफमा नेपालले तुलनात्मक रुपमा केही राम्रो प्रदर्शन गरेको थियो। अञ्जन विष्ट र जिलेस्पी जंग कार्कीले केहि गोलका मौका पाएपनि सदुपयोग गर्न चुक्दा गोल गर्न चुकेका थिए। कार्कीको पहिलो प्रहार क्रसबारमा लाग्दा नेपाल सम्भावित गोलबाट चुक्यो।
इङ्ल्यान्ड टोलीमा पाँचौं डिभिजन नेशनल लिगका खेलाडीहरु सहभागि रहेका थिए। नेपालले इङ्ल्यान्डमा यस अघि एक खेल खेलेको थियो। नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको थियो।
यसअघि शनिबार नेपाल र ब्रिटिस आर्मीबीचको मैत्रीपूर्ण गोलरहित बराबरीमा सकिएको थियो। नेपाल फिफा विश्वकप तथा एएफसी एसिया कपको दोस्रो चरणको छनोटको तयारीका लागि इंग्ल्यान्ड पुगेको हो। नेपालले आगामी २४ जेठमा युएईसँग विश्वकप छनोटको खेल खेल्ने कार्यतालिका रहेको छ।