आइपिएलबाट आज बैंगलोर कि पञ्जाब बाहिरिएला?

आइपिएलबाट आज बैंगलोर कि पञ्जाब बाहिरिएला?
+
-

काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनको ५८ औं खेलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन्। दुबैका लागि जारी संस्करणको ‘प्लेअफ’ सम्भावना कमजोर छ। यद्यपि आफ्नो सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाबमा दुबै टोली रहेका छन्। आज हार्ने टोली मुम्बईपछि प्लेअफ बाट बाहिरिने दोस्रो टोली बन्नेछ।

खेल पञ्जाबको घरेलु मैदान धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएशनको मैदानमा साँझ ७ः४५ मा सुरु हुने छ। पञ्जाब र आरसिबी बिच यो जारी सिजनको दोस्रो खेल हो। यसअघि भएको खेलमा बैंगलोरले ४ विकेटको जित निकालेको थियो।

पञ्जाब र आरसिबीबिच जारी सिजनको यो १२ औं खेल हो। अघिल्ला ११ खेलमा दुबै टोलीले समान ४–४ जित निकालेका छन्। राम्रो रनरेटका कारण बैंगलोर सातौं स्थानमा रहँदा पञ्जाब ८ औं स्थानमा रहेको छ। हेड टु हेडमा बैंगलोर विरुद्ध पञ्जाब अघि रहेकव छ। पछिल्लो दुई खेलमा बैंगलोर बिजयी भएको छ। आरसिबी र पञ्जाबबीच आइपिएलमा ३२ पटक प्रतिस्पर्धा भएको छ। जसमा १७ खेलमा पञ्जाब र १५ खेलमा बैंगलोर बिजयी भएको छ। धर्मशालामा यसअघि यि दुई टिम २०११ मा एकपटक प्रतिस्पर्धा गरेका थिए। जहाँ पञ्जाब १ सय ११ रनले विजयी भएको थियो।

हमाञ्चल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियम पञ्जाबको दोस्रो होमग्राउन्ड हो। यहाँ अहिले सम्म आइपिएलका १२ खेल भएका छन्। जसमा ७ खेलमा पहिले ब्याटिङ गर्ने टिम बिजयी हुँदा ५ खेलमा रन चेज गर्ने टोली विजयी भएको छ। जारी सिजनमा भने यो दोस्रो खेल हुन लागेको हो। यहाँको उच्च स्कोर २ सय ३२ रन हो। पञ्जाबले २०११ मा बैंगलोर विरुद्धनै यो स्कोर बनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?