यार्सा टिप्न हिँडेका एक जनाको लेक लागेर मृत्यु

+
-

मुगु –  मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन गर्ने पाटन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ। जुम्ला जिल्ला पातारासी गाउँपालीका –३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको लेक लागेर विहिवार मृत्यु भएको हो।

रावत यार्सागुम्बा टिप्न भनी पाटन तर्फ जादै गर्दा लेक लागेर बिरामी भएपछि आफन्त साथीहरुले उपचारका लागी पुलु स्वास्थ्य चौकी मुगुमा लाई सामान्य उपचार गराए पछि थप उपचारका लागि मुगु जिल्ला अस्पताल तर्फ ल्याउँदै गर्दा मुगुम कार्मारोङमा पर्ने रिउस बगर भन्ने स्थानमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी गराएका छन् ।

मृतक रावतको जिल्ला अस्पतालमा विहिवारै पोष्टमार्टम भएर लास आफन्तहरुले बुझिसकेको पनि प्रनाउ थापाले बताउनु भयो ।
यार्सा टिप्‍न जाँदा हाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथाऔषधी उपचार नहुँदा वर्षेनी यार्सा पाटनहरुमा दर्जन बढी संकलक हरुले ज्यान गुमाउदै आएका छन्।

गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेकाव ३ जनाको हिउँ पहिरोमा परि मृत्यु भएको थियो । यो वर्ष मुगुम कार्मारोङ्ग गाउपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका २ दर्जन बढी पाटनहरु खुल्ला गर्ने बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?