रारा कप कबड्डी प्रतियोगिताको दुबै उपाधि सुर्खेतलाई

रारा कप कबड्डी प्रतियोगिताको दुबै उपाधि सुर्खेतलाई
+
-

मुगु –मुगु कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारालालको किनारमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला तथा पुरुष कबड्डी प्रतियोगिताको महिला र पुरुष दुबैको प्रथम उपाधि सुर्खेत हातपारेको छ ।

शुक्रवार प्रथम उपाधि लागि फाइनल खेल खेल्दै पुरुषतर्फ दैलेख लाई हराउँदै सुर्खेतले प्रथम उपाधि हात पारेको हो। महिलातर्फ पनि सल्यानलाई हराउँदै सुर्खेतले प्रथम उपाधि हात पारेको छ।

उक्त फाइनल प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ मात्र बनाइ उप बिजेता भयो। त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्त गरी उप बिजेता भएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी दिए।

नक आउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भए भने महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भएको आयोजक समितिले बताएको छ।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिम तर्फ हुम्ला बाहेक ९ जिल्लाको सहभागिता रहेको थियो महिला टिम तर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य ७ जिल्लाको सहभागिता थियो।

बुधवारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो। शुक्रवार समापन भएको उक्त प्रतियोगितामा निबर्तमान प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमको समेत सहभागिता रहेको थियो। समापन समारोहमा बोल्दै नेता निवर्तमान प्रतिनिधि सभा सदस्य बमले बोल्दै राराको किनारमा मुगु जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको यो प्रतियोगिता मात्र नभई खेलमार्फत यसले राराको पर्यटन प्रबर्दनमा ठुलो योगदान पु्याउनका साथै अगामी दिनहरुमा अन्य सरोकारवाल निमायहरुले रारामा अन्य खेलकुद प्रतियोगिता आयोजना गरी राराको प्रचार प्रसार गर्न जरुरी रहेको बताए।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य टक्क बहादुर शाहीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रुपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गर्दा आन्तरिक खेल गतिविधिलाई निरिन्तरता दिन थालेको बताए। उनले खेललाई पर्यटनसँग जोड्ने उदेश्यले पहिलो पटक कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल राराको किनारमा प्रदेश स्तरीय रारा कप खुल्ला पहिला पुरुष कबड्डी प्रतियोगिताको आयोजना गरिएको भन्दै यसले अब राम्रो सन्देश दिने बताउनु भयो। जिल्ला खेलकुद बिकास समिती मुगुका अध्यक्ष बीरेन्द्र बहादुर मल्ल को पहलमा कर्णाली प्रदेश स्तरीय रारा कप कबर्डी खेलको आयोजना गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?