सहकारी ठगी प्रकरणमा संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौँः गगन थापा

सहकारी ठगी प्रकरणमा संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौँः गगन थापा
+
-

काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।

संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको उनको जिकिर थियो। शुक्रवार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले काँग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए।

उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गर्नुभयो। उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए।

महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस सदन चल्नुपर्छ भन्ने कुरा गम्भिर छ। विधेयकहरु पारित होस्। लगानी सम्मेलन सजिलो होस्। धेरै कुरामा गम्भिर भयौँ। संघीय निजामती सेवा ऐन लगायतका विधेयकहरु सदनमा जाओस् भनियो। हाम्रो जम्मा एउटा कुरा थियो। अहिले पनि त्यही कुरा मात्रै छ। सहकारीको ठगीको सन्दर्भमा यो संसदले छानविन समिति बनाओस्। यो संसदले छानविन समिति बनाउँदै गर्दा यो छानविन समितिमा नेकपा एमाले बस्ने होला, माओवादी बस्ने होला। रास्वपा बस्ने होला। सबै बस्ने होला। त्यो त तपाईहरुकै हातमा छ।’

महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि सरकारले महान्यायाधिवक्ताको कार्यालयको समेत दुरुपयोग गरेको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?