
काठमाडौँ – नागरिक लगानी कोष र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सिएन वैद्यले हस्ताक्षर गरेका हुन्।
अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरूका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिनेछ।
कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डाइग्नोस्टिकमा १०, औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन् भने उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।
सहभागी र सहभागीका परिवारलाई बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा ५ र एम्बुलेन्स सेवामा २५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ।