
काठमाडौँ- सांगीतिक व्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ले यही जेठ ५ गते शनिवार पोखरास्थित किङ्ग्स लन्जमा प्रस्तुति दिने भएको छ।
पोजिटिभ भाइब्स इन्टरटेन्मेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डको प्रस्तुति हुन लागेको हो।
सृष्टि श्रेष्ठको व्यवस्थापकीय व्याण्डमा पूर्ण राई भोकलिष्ट, देगोस कुमार राई, सुमेक योन्जन, सुसन कार्की र इयान थुलुङ राई विभिन्न बाद्यबादनमा रहनेछन्।
देगोस, सुमेक र पूर्ण धरानका हुन् भने सुसन उर्लाबारी र इयान काठमाडौंका हुन्। व्याण्डले नेपाल र भारतका ५० बढी स्थानमा आफ्नो सोलो शो गरिसकेका छन्। यो व्याण्डले चाँडै नै अष्ट्रेलिया टुर पनि गर्दैछ।
व्याण्डले हालैमात्र ‘परिभाषा’ बोलको गीत सार्वजनिक गरेको थियो। यो गीत युट्युबको ट्रेन्डिङमा पनि परेको थियो।
स्रोताले गीतमा प्रयोग गरिएको शब्द र संगीतको मेलोडीलाई मन पराएका थिए। किङ्ग्स लन्ज पोखराका प्रबन्ध निर्देशक ध्रुव केसीले पोखरामा व्याण्डको लाइभ प्रस्तुति हुनु लन्ज र पोखराका लागि नयाँ स्वाद हुने बताए।