राष्ट्रपतिको सम्बोधनमा अवरोध हुँदैन, सरकारले ल्याएका कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं: लेखक

राष्ट्रपतिको सम्बोधनमा अवरोध हुँदैन, सरकारले ल्याएका कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं: लेखक
+
-

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्न दिने भएको छ।

मंगलबार बिहान सिंहदरबारमा बसेकाे कांग्रेस संसदीय दलकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।

आज राष्ट्रपति रामचन्द्र पाैडेलले संसदमा सरकारकाे नीति तथा कार्यक्रम पेश गर्दैछन्। सदनमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न दिएर बाँकी कुनैपनि प्रक्रिया अघि बढ्न नदिने कांग्रेसले निर्णय गरेकाे हाे।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपतिकाे सम्बाेधनमा कुनै अवराेध नहुने जानकारी दिएका छन्।

‘राष्ट्रपतिजीको सम्बोधनमा कुनै अवरोध हुँदैन। हामी राष्ट्रपतिलाई सुन्छौं तर त्यसपछि सरकारले ल्याएका कुनै पनि कार्यसूचीमा हामी प्रवेश गर्न सक्दैनौं। त्यसबाट उत्पन्न विषयको सरकारले जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

‘कुनैपनि सरकारले ल्याएका कार्यसूचीमा संसदीय छानबिन समिति गठन नगरेसम्म प्रवेश गर्दैनौं। यसको जवाफदेहीता सरकारको हुन्छ, ’ प्रमुख सचेतक लेखकले थपे।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ। उसले यही माग राख्दै संसद बैठक अवरुद्ध तुल्याउँदै आएको छ।

संसद्को बजेट अधिवेशन प्रारम्भ भएको दिन पनि कांग्रेसले संसद् बैठक अवरुद्ध पारेको थियाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान बालुवाटाबारमा संसदकाे गतिराेध खुलाउन नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्। छलफलका क्रममा उनले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए।

छलफलमा महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरू उपस्थित थिए।

सभामुख देवराज घिमिरेले सदनको अवराेध खुलाउन सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग पटकपटक छलफल गर्दै आएका छन्।

घिमिरेले आज पनि १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दैछन् भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?